भाजपाले चुनाव जिते सबै विपक्षी नेतालाई जेल हाल्ने केजरीवालको आरोप

भारतको दिल्ली राज्यका अरविन्द केजरीवालले भारतीय जनता पार्टी (भाजपा)ले विपक्षीलाई हटाउन खोजेको आरोप लगाएका छन्।

कथित मदिरा नीति घोटालामा पक्राउ परेर अन्तरिम जमानत पाएपछि केजरीवालको यस्तो भनाई आएको हो । भाजपा चुनाव जित्न सफल भए सबै विपक्षी नेतालाई जेल हाल्ने केजरीवालको आरोप छ ।

शनिबार क्यानट प्लेसको हनुमान मन्दिरको दर्शन गरेपछि जनसभालाई सम्बोधन गर्दै केजरीवालले बजरंगबलीको आशीर्वादले चुनावको बेला जनताको बीचमा आउन सकेको बताए ।

उनले भने, ‘मोदी जी एक राष्ट्र एक नेताको मिशनमा दौडिरहेका छन्। सबै विपक्षी नेताहरूलाई जेल पठाइनेछ र जेलमा रहेका भाजपाका सबै नेताहरूलाई निकालिनेछ । भाजपाले चुनाव जितेको केही दिनपछि ममता, तेजस्वी, स्टालिन, उद्धव ठाकरे जेलभित्र हुनेछन्।’

केजरीवालले थप भने, ‘अर्को योगी आदित्यनाथ छन् र हामी उनको राजनीति अन्त्य गर्नेछौं ।’ उनले देशलाई तानाशाहीबाट बचाउन देशवासीसँग भिख माग्न आएको बताएका छन् ।

एजेन्सी

Comments

Back to top