कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, शपथ आजै हुने
कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
खापुङले बुधबार राति मात्रै संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । कार्कीले बिहीबार बिहान एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा दाबी पेस गरेका थिए।
कार्कीको दाबीपछि खापुङले समर्थन गर्ने सांसदहरूको सनाखत लिएका थिए ।
प्रदेश सभाको यही कार्यकालमा कोशीको मुख्यमन्त्रीमा कार्की तेस्रो पटक नियुक्त भएका हुन् । हिक्मत कार्कीको शपथ ग्रहण आजै हुने भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुअघि पत्रकारहरूसमक्ष आजै उनलाई नियुक्त गर्न लागेको र शपथ पनि आजै गराइने बताएका थिए ।
एजेन्सी
Comments