गण्डकीमा मन्त्रिपरिषद् विस्तार, एमालेका दुई मन्त्रीले लिए शपथ
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले सोमबार नेकपा एमालेबाट थप दुई जनालाई मन्त्री नियुक्त गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा सीता सुन्दास नियुक्त भएका छन् ।
उनीहरुले शपथसमेत लिइसकेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।
योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ। यसअघि माओवादी केन्द्रका हरिबहादुर चुमान अर्थमन्त्री र स्वतन्त्र सांसद दीपक मनाङे भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए ।
एजेन्सी
Comments