सुहाङले कटाए १० हजार मत, ३ हजार बढीले बढ्यो कांग्रेससँगको मतान्तर
इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् ।
गौतम बुद्ध सभा हल (सिटी हल) इलाम नगरपालिका ७ मा भइरहेको मतगणनामा फाकफोकथुम, चुलाचुली र माङसेबुङ १, २ र ३ वडा गणना सकिदा सुहाङले १० हजार ३ मत ल्याएका हुन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले छ हजार ९ सय ४४ मत प्राप्त गरेका छन् । नेम्वाङ खड्काभन्दा ३ हजार ५९ मतले अगाडि रहेका छन् ।
यसअघि फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका छ वडाको मत गणना सकिदा नेम्वाङ खड्काभन्दा २ हजार ५ सय १८ मतले अगाडि थिए ।
साथै ठुला दलको पछिपछि पहिचानवादी मुढा र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । यस्तै मुढा चुनाव चिन्ह रहेका स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिम ५ हजार ५ सय ९१ मत सहित तेस्रो स्थानमा छन् ।
यसअघि १६ सय बढी मतले पछि रहेको मुढा अहिले कांग्रेसभन्दा एक हजार ३ सय ५३ मतले पछि रहेको छ ।
घण्टी चुनाव चिन्ह रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार ४ सय ४३ मत प्राप्त गरेका छन् । त्यस्तै एकीकृत समाजवादीका जीत बहादुर राईले २५८ मत पाएका छन् ।
योसँगै एमालेले नेपाली कांग्रेसको मतान्तर बढाएको छ।
एजेन्सी
Comments