मुलुकभर गर्मी बढ्दो , तराईमा सर्वसाधारणको दैनिकी प्रभावित
कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसोगण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस प्रदेश लगायत लुम्बिनी र कोशी प्रदेशका तराइका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
तराई मधेशका जिल्लामा तातो हावा चल्न थालेको छ। आगामी शुक्रवारसम्म तातो हावा चल्ने महाशाखाको अनुमान छ । तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने जस्ता शारिरिक समस्या हुने भएकाले बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न महाशाखाले आग्रह गरेको छ ।
चिकित्सकले गर्मीका बेला हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान सुझाव दिएका छन् ।
एजेन्सी
Comments