इजरायली आक्रमणमा हमास नेताका तीन छोरा मारिए
इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् ।
हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताएका छन् ।
इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतंकवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ ।
हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ । अल–जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरु नझुक्ने बताएका छन् ।
हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्नेगरी वार्ताहरु भइरहेका छन् ।
हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एजेन्सी
Comments