फोनपे, ई–सेवा र होटल संघबीच समझदारी

नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउन फोनपेले भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवा र होटल संघ नेपालसँग साझेदारी गरेको छ ।

नेपालमा यूपीआईको लोकप्रियता बढाउने उद्देश्यले फोनपेले ग्राहकहरूमाझ यूपीआई प्रयोगले डिजिटल भुक्तानीमा हुने सहजताबारे जानकारी दिनेछ । अप्रिल ११–१४ सम्म सञ्चालन हुने फेवा महोत्सवलाई लक्षित गरी फोनपेले यो साझेदारी गरेको हो ।

नेपालभरिका आन्तरिक पर्यटकमाझ मात्र नभई भारतीय पर्यटकमाझ पनि फेवा महोत्सव उत्तिकै लोकप्रिय छ ।

डिजिटल ब्रान्डिङका साथै डिजिटल भुक्तानी सेवा प्रयोग गर्ने तरिका सिकाउने तथा यूपीआईमार्फत भुक्तानी सेवामा सहजता देखाउने उद्देश्यले अन्य अन्तरक्रियात्मक गतिविधिहरूको नेतृत्व ई–सेवा र भारतीय फोनपेले होटल संघ पोखराको सहकार्यमा गर्नेछ ।

महोत्सवमा तीन हजारभन्दा बढी व्यापारी सहभागी हुनेछन् भने एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता रहने जनाइएको छ ।

एजेन्सी

Comments

Back to top