नेप्सेमा २५.९३ अंकको वुद्धि, २१५ कम्पनीको बढ्यो सेयर मूल्य !

मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयरको करिब ४ अर्ब ८० करोड बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २१५ कम्पनीको सेयर मूल्य बढेको छ, २६ कम्पनीको मूल्यमा गिरावट छ भने, ४ कम्पनीको मूल्यमा कुनै परिवर्तन छैन।

यस दिन कारोबार भएका १२ उपसमूहको परिसूचक  बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा कर्पोरेट डेभलपमेन्ट बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा पोखरा फाइनान्स कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.१८% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा साइन रेसुङ्गा डेभलपमेन्ट बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड २४ लाख बराबरको सेयर कारोबार भएको छ।  

Comments

Back to top