युद्धविराम सम्झौता स्वीकार गर्न हमासलाई अमेरिकी विदेशमन्त्रीको आग्रह

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता शुरु गर्दै प्यालेस्टिनी विद्रोही समूह हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गरेका छन् ।

बुधवार इजरायली राष्ट्रपति इसाक हर्जाेगसँगको भेटमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले हमासलाई युद्धविराम सम्झौता स्वीकर गर्न आह्वान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उनले इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका कटिबद्ध रहेको र युद्धविरामले बन्धकहरूलाई घर फर्काउन वातावरण बनाउने बताएको खबरमा उल्लेख छ । हमासकै कारण युद्धविरामको वातावरण नबनेको उनको भनाइ छ ।

इजरायल भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहेका छन् भने संयुक्त राष्ट्र सङ्घले खाद्यान्नको चरम अभावका कारण अनिकालको चेतावनी दिएको छ । 

एजेन्सी

Comments

Back to top