कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का गरी २३ जना सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कँडेललाई एमालेका नाै, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदकाे समर्थन चाहिन्थ्याे ।

एजेन्सी

Comments

Back to top