कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले बुझाए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पेस गरेका छन् ।

बुधबारको कर्णाली प्रदेशसभामा दर्ता भएको विश्वासको मत पाउँ भन्ने प्रस्ताव फिर्ता लिदैँ शर्माले राजीनामा दिने घोषणा गरेका थिए । त्यसलगत्तै शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेका हुन् ।

लामो रस्काकस्सीपछि कर्णालीका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै र एमालेलाई सरकार हस्तान्तरण गर्न तयार भएका छन् ।

Comments

Back to top