सुदूरपश्चिममा माओवादीले नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने
सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले नयाँ सत्ता गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्रीमा दाबी प्रस्तुत नगरी माओवादी संसदीय दलको कार्यालयमा आज बसेको बैठकले नेकपा (एमाले)सहितका दलको सहभागीतामा सरकार बनाउने निर्णय गरेको हो । प्रदेश भागबण्डाका लागि केन्द्रमा जारी बहसमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिनेगरी छलफल भइरहेको छ ।
संसदीय दलको आजको बैठकमा माओवादी केन्द्रका उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सह इन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरीलगायतको पनि उपस्थिति थियो ।
सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको सबैभन्दा ठुलो दल माओवादीसँग ११ सांसद छन् । सुदूरमा अहिले नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार छ । एजेन्सी
Comments