तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति
शीर्ष तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने, संसदलाई बिजनेस दिने लगायतका विषयमा छलफल भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यी विषयमा मिलेर जाने विषयमा सकारात्मक ढंगले छलफल भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
Comments