कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

प्रतिनिधिसभामा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले गुरुङको निलम्बन त्रुटिपूर्ण रहेको भन्दै निलम्बनको निर्णय बदर गरिदिएको हो ।

न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो । गुरुङ २०७९ सालको आमचुनावमा नेपाली कांग्रेसका तर्फबाट मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा गुरुङलाई पनि कसुरदार ठहर गरेको थियो।

भ्रष्टाचार मुद्दा विचाराधीन रहेकै कारण अयोग्यता सिर्जना नहुने मुख्य निर्वाचन अधिकृत कार्यालयको निर्णय र मुद्दाको फैसलाको पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको भन्दै निलम्बन फुकुवाको आदेश भएको हो । एजेन्सी

Comments

Back to top