नाइजेरियाको उर्जा क्षेत्रमा इयूले लगानी गर्ने

युरोपियन संघ (ईयू) ले नाइजेरियाको उर्जा क्षेत्रमा तीन लाख ७० हजार यूरो लगानी गर्ने भएको छ । यो रकम करिब चार करोड अमेरिकी डलर बराबर हुन्छ । नाइजेरियाका लागि ईयू प्रतिनिधिमण्डलका प्रमुख सामुएला इसोपीले सो घोषणा गरेका हुन् ।

नाइजेरियाको राजधानी अबुजामा उर्जा मन्त्री एडबेयो अडेलाबुसँगको भेटमा इसोपीसँग लगानी प्रतिवद्धता जनाएका हुन् ।

इसोपीले वित्तीय प्रतिबद्धता २० करोड यूरो (२१ करोड ६०लाख डलर) अनुदानबाट अलग रही २००८ देखि नाइजरको उर्जा क्षेत्रमा लगानी गरिएको बताएका छन् ।

यो सहयोगको उद्देश्य उर्जाका महत्वपूर्ण क्षेत्रहरूलाई सम्बोधन गर्नु रहेको बताइएको छ । पूर्वाधार र पहुँच बढाउनमा ध्यान केन्द्रित गर्दै इसोपीले कोषले स्वास्थ्य सेवा सुविधा तथा साना जलविद्युत र सौर्य ऊर्जा विकासलगायतका क्षेत्रमा खर्च हुनेछ ।

बैठकमा अदेलाबुले नाइजेरियाको ऊर्जा क्षेत्रले सामना गरिरहेका चुनौतिको सम्बोधन गर्न थप सहयोग आवश्यक रहेको बताए । नाइजेरिया सरकारले आर्थिक चुनौतिलाई समाना गर्न बिजुलीमा अनुदान अन्त्य गर्ने नीतिगत घोषणा पनि गरेको छ ।

Comments

Back to top