ग्लोबल आइएमइ बैकको १६९ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल आइएमई बैंकले १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा २० हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

बैंकका अनुसार कोशी प्रदेशमा २ हजार ५००, मधेशमा २ हजार, बागमतीमा ५ हजार, गण्डकीमा ४ हजार ५००, लुम्बिनीमा ३ हजार ५००, कर्णालीमा ५०० र सूदुरपश्चिम प्रदेशमा २ हजार ५०० भन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।

एजेन्सी

Comments

Back to top