इजरायलले रफाहमा आक्रमण गरे हतियार आपूर्ति रोक्ने अमेरिकाको चेतावनी

अमेरिकाले इजरायलका लागि हतियार आपूर्ति रोक्ने चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले इजरायललाई गाजाको रफाह क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिँदै हतियार आपूर्ति बन्द गरिदिने बताएका हुन् ।

इजरायलले गाजा सहर रफाहमा भूमिगत कारबाही सुरु गरेमा हतियार आपूर्ति बन्द गर्ने बाइडेनको भनाई छ । सीएनएनसँगको अन्तर्वार्तामा बाइडेनले सर्वसाधारणको जीवन रक्षाका लागि इजरायललाई दिँदै आएको सैन्य सहयोग कटौती गर्नु पर्ने बताए ।

अमेरिकाको चाहना विपरित इजरायल रफाहमा ठूलो आक्रमण गर्ने तयारीमा छ ।

दक्षिणी गाजाको जनघनत्व बढी भएको रफाह शहरमा इजरायलले आक्रमण गरेमा व्यापक नागरिकको हताहत हुनसक्ने भन्दै अमेरिकाले चिन्ता जनाएको छ।

एजेन्सी

Comments

Back to top