विश्वव्यापी व्यापार नियम स्वीकार गर्न चीनलाई ईयूको आग्रह

युरोप भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युरोपेली संघ (ईयू) आयोगका अध्यक्ष उसुला भान डेर लेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले निष्पक्ष विश्वव्यापी व्यापार नियमहरू स्वीकार गर्न आग्रह गरेका छन् । युरोप भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीलाई सोमबार फ्रान्सको राजधानी पेरिसमा भएको शिखर सम्मेलनमा यस्तो दबाब दिएका हुन् ।

म्याक्रोनले रुस–युक्रेन युद्धमा बेइजिङको समन्वय पूर्णरूपमा निर्णायक भएको भन्दै युद्ध रोक्न र युरोप–चीन व्यापारमा निष्पक्ष नियम पालना गर्न आग्रह गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सीले चीन र ईयू सधैँ साझेदार रहनुपर्ने र विश्वको शान्ति र विकासमा नयाँ योगदान दिन रणनीतिक समन्वय आवश्यक रहेको बताए ।

एजेन्सी

Comments

Back to top