गर्मीमा काँचो केरा खाँदा हुन्छ यस्ता फाइदा

आफ्नो शरीरलाई फिट राख्नका लागि सबैले विभिन्न खानपानहरू अपनाउने गर्छन् । गर्मी मौसममा कुनै पनि खानेकुरा खाँदा शरीरलाई फाइदा नगर्न पनि सक्छ । तर, काँचो केरा गर्मी मौसममा खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । 

काँचो केरामा फाइबर, मिनरल्स, भिटामिन सी, ई, बी, के र एन्टीअक्सीडेन्ट गुणहरू भरपूर मात्रामा पाइन्छ । यी सबै पोषक तत्व स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् ।

यदि तपाईं तौल कम गर्न चाहिरहनु भएको छ भने पनि काँचो केरा सेवन गर्न सक्नुहुन्छ । यसमा हुने फाइबरले पेटलाई लामो समय भरेर राख्छ, जसले गर्दा तपाईं अत्यधिक खानबाट पनि बच्नुहुन्छ ।

कतिपयलाई गर्मी मौसममा प्रायः पखाला लाग्ने समस्या हुने गर्छ । यस्तोमा काँचो केरा खानु फाइदाजनक सावित हुन्छ । यसले बान्ता आउँदा पनि राहत दिन्छ ।
काँचो केरामा पाइने तत्त्वहरूले दिनभरको थकानलाई कम गर्न सहयोग गर्छ । साथमा यसको सेवनले टाउको दुख्ने समस्याबाट पनि राहत पाउन सकिन्छ ।

गर्मीमा प्रायः सबैको पाचन प्रणाली खराब हुने गर्छ । यस्तोमा काँचो केराको सेवनले तपाईं आफ्नो पेटलाई पनि ठिक पार्न सक्नुहुन्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

यदि तपाईंलाई मधुमेहको समस्या छ भने पनि काँचो केरा खानु फाइदाजनक हुन्छ । यसले रगतमा सुगरको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ ।

गर्मीमा विशेषगरी पेटका समस्या कब्जियत, एसिडिटी तथा अपचको समस्या धेरै हुने गर्छ । यसबाट बच्नका लागि तपाईं आफ्नो नियमित खानपानमा काँचो केरालाई पनि समावेश गराउनुहोस् ।

काँचो केरालाई हामी थोरै सलाद, अचार, तरकारी आदि बनाएर खान सकिन्छ । यसको चिप्स बनाएर पनि बच्चाहरूलाई खुवाउन सकिन्छ ।

एजेन्सी

Comments

Back to top