सन नेपाल लाइफको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको २३.८० प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ४७० रुपैयाँ ९२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५८३ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

एजेन्सी

Comments

Back to top