अरब अर्थतन्त्रमा यूएई पहिलो स्थानमा

संयुक्त अरब इमिरेट्स (यूएई) अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा सूचकाङ्कमा शीर्ष स्थानमा पुगेको छ । अरब संसारमा यूएईले आर्थिक प्रतिस्पर्धी राष्ट्रको रूपमा सबैभन्दा बलियो स्थिति निर्माण गरेको छ ।

एएमएफको अरब आर्थिक प्रतिस्पर्धा प्रतिवेदनको सातौँ संस्करणमा विशेष जोड दिएको यो विषयले समग्र अर्थव्यवस्था, बढ्दो आकर्षक लगानी वातावरण, र बढ्दो आकर्षण सहित महत्त्वपूर्ण क्षेत्रहरूमा युएईको निरन्तर प्रगतिलाई देखाएको छ । 

प्रतिवेदनले यूएईले सरकारी वित्तीय क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थान सुरक्षित गरेको छ । साथै प्रतिवेदनमा सबै उप(सूचकाङ्कहरूमा उन्नत स्थानका कारण आर्थिक स्वतन्त्रता सूचकाङ्कमा पनि यूएई लगानीको वातावरण र आकर्षणका हिसाबले अरब राष्ट्रहरूमध्ये पहिलो स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।
यूएई पूर्वाधार क्षेत्र सूचकाङ्कमा पनि शीर्ष स्थानमा छ । 

यसैगरी मोबाइल फोन प्रयोगकर्ता र बिजुलीमा पहुँच भएको जनसंख्याको प्रतिशतमा पनि यूएई अग्रस्थानमा छ । हवाई यातायात र कुल विश्वव्यापी यातायात र ढुवानीको हिस्सामा भने दोस्रो स्थानमा परेको छ।

संस्थागत र सुशासन क्षेत्रहरूको सन्दर्भमा यूएई प्रशासनिक भ्रष्टाचार र सरकारी दक्षता दुवै सूचकाङ्कहरूमा उन्नत स्तर हासिल गर्दै अरब देशहरूमध्ये शीर्ष स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।

Comments

Back to top