कसरी बने इजिप्टका पिरामिड, वैज्ञानिकले पत्ता लगाए ४ हजार वर्ष पुरानो रहस्य !

इजिप्टको गिजामा हजारौं वर्षअघि निर्माण गरिएका विश्व प्रसिद्ध पिरामिडबारे वैज्ञानिकहरूले नयाँ दाबी गरेका छन् ।

वैज्ञानिकहरूले अन्ततः ग्रेट पिरामिडसहित ३१ पिरामिड ४,००० वर्षअघि कसरी बनाइएका थिए भन्ने शताब्दीयौं पुरानो रहस्य पत्ता लगाएको बताएका छन्।

वैज्ञानिकहरूले तिनीहरूको सृष्टिको पछाडि कुनै दैवी शक्ति वा विदेशी मद्दत भएको कुरालाई अस्वीकार गरेका छन् ।

पिरामिडको निर्माणमा बाहिरी प्राणीबाट कुनै सहयोग नभएको वैज्ञानिकहरूले बताएका छन् ।

साउदी ग्याजेटको रिपोर्ट अनुसार नर्थ क्यारोलिना विल्मिङ्टन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अभूतपूर्व खोजले यी पिरामिड मरूभूमि बालुवा र खेतहरू मुनि लुकेर नाइल नदीको गाडिएको शाखामा बनाइएको देखाउँछ ।

धेरै वर्षदेखि पुरातत्वविद्हरूले अनुमान गरेका छन् कि पुरातन मिश्रीहरूले पिरामिड निर्माण गर्न आवश्यक पर्ने ठूला ढुङ्गाका ब्लक र अन्य सामग्री ढुवानी गर्न जलमार्ग प्रयोग गर्थे । तर, यो जलमार्गको सही स्थान अझै खुल्न सकेको छैन ।

नयाँ अध्ययनका अनुसार भर्खरै पत्ता लागेको ‘अहरामत’ शाखा लगभग ६४ किलोमिटर लामो, कामदारहरू र पिरामिड साइटहरूमा निर्माण सामग्रीका लागि यातायात जलमार्गको रूपमा प्रयोग गरिएको थियो ।

अन्वेषकले यो लुकेको शाखाको नक्सा गर्न रडार उपग्रह डाटा, भूभौतिक सर्वेक्षण र माटो कोरिङको संयोजन प्रयोग गरेका थिए ।

अध्ययनका अनुसार ‘इजिप्टमा असंख्य उपत्यकाका मन्दिर अझै फेला परेका छैनन् र त्यसैले अझै पनि अहरामत शाखाको नदी किनारमा कृषि क्षेत्र र मरूभूमि बालुवामुनि गाडिएको हुन सक्छ ।

नदीको यो शाखा किन सुक्यो वा हराउनुको कारण अनिश्चित छ । अन्वेषक इमान घोनेमका अनुसार यो सम्भवतः खडेरी र मरूभूमिको अवधिको कारणले यस क्षेत्रमा बालुवा पखाल्यो, जसले गर्दा नदी सुक्यो ।

एजेन्सी

Comments

Back to top