अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा कर बढाएर सय प्रतिशत पुर्‍यायाे

अमेरिकाले चिनियाँ विद्युतीय गाडीसहित कैयौँ सामानमा चर्को कर लगाएको छ । चिनियाँ सस्तो सामानले व्यवसायी मर्कामा परेको भन्दै अमेरिकाले कैयौँ सामानमा कर बढाएको बेलायती सञ्चारमाध्यम गार्जियनले जनाएको छ । नयाँ शुल्कअनुसार चीनबाट आयात भएका विद्युतीय गाडीमा एक सय प्रतिशत कर लाग्नेछ ।

चिनियाँ विद्युतीय कार अमेरिकामा लोकप्रिय हुँदा अमेरिकामा उत्पादित कारको बजार खस्किएपछि २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाइएको खबरमा उल्लेख छ । यस्तै लिथियम ब्याट्रीमा साढे सात प्रतिशतबाट बढाएर २५ प्रतिशत, सौर्य ऊर्जाका सामानमा २५ प्रतिशतबाट ५० प्रतिशत र विभिन्न चिप्समा २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत कर लाग्ने अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एजेन्सी

Comments

Back to top