आईफोन १६ र आईफोन १६ प्रोको डिस्प्ले उत्पादन जुनमा सुरु हुने

आईफोन १६ र आईफोन १६ प्रो २०२४ को दोस्रो अर्धवार्षिकमा लन्च हुने अपेक्षा गरिएको छ। यसबीच डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्सका सीईओ र संस्थापक रस यंगद्वारा साझा गरिएका विवरणहरू अनुसार, एप्पलको अर्को पुस्ताका स्मार्टफोनहरूका लागि कम्पोनेन्टहरूको उत्पादन आगामी हप्ताहरूमा सुरु हुने सम्भावना छ।

यसैबीच, टीएफ सेक्युरिटीज इन्टरनेशनल विश्लेषक मिङ-ची कुओले दाबी गरे कि एप्पलले शीर्षमा रहेको आईफोन १६ प्रो म्याक्सलाई नयाँ ब्याट्रीको साथ अपग्रेड गर्नेछ ।

यङ्गले भनेअनुसार (९ टू ५ म्याकमार्फत) एप्पलले चाँडै आईफोन १६ र आईफोन १६ प्रो मोडेलहरूको लागि डिस्प्लेको उत्पादन सुरु गर्नेछ, किनकि यी दुईवटा मोडेलहरू उच्च अनुमानित भोल्युम भएका छन्। श्रृंखलाका अन्य दुई मोडेलहरू -आईफोन १६ प्लस र आईफोन १६ प्रो म्याक्सका लागि त्यसपछिको चरणमा हुने अपेक्षा गरिएको विश्लेषकले भनेका छन्।

एजेन्सी

Comments

Back to top