जापानीको कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले चार हजार नोकरी कटौती गर्ने भएको छ । तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रमअनुसार आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ । कम्पनीमा आएको सङ्कटलाई ध्यानमा राखी गएको डिसेम्बरमा एउटा सङ्गठनले निजीरूपमा कम्पनीको अधिग्रहण गरेपछि यस्तो घोषणा गरिएको हो ।

त्यही बेला कम्पनीको सेयरहरू डिलिस्टिङ अर्थात स्टक मार्केटबाट हटाईएको थियो । यस योजना अन्तर्गत मापदण्ड पूरा गर्ने ५० वर्षभन्दा धेरै उमेरका कर्मचारीलाई स्वेच्छिकरूपमा सेवानिवृत्त गर्ने प्रस्ताव गरेर नोभेम्बरसम्ममा कर्मचारीहरूको सङ्ख्या घटाइने उल्लेख रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

व्यवस्थापनको यो कठिन निर्णय भए पनि तोसिबाको पुनःप्राप्ति र वृद्धिको मार्गमा फर्काउन यो उपाय आवश्यक रहेको तोसिबाले जनाएको छ । जापानमा व्यापक स्तरमा कर्मचारी कटौती दुर्लभ छ तर पछिल्लो समय शीघ्र सेवानिवृत्ति योजना वा स्वेच्छिक अतिरिक्तताको यस्तो प्रयोग तीव्रताका साथ बढेको पाइन्छ । 

एजेन्सी

Comments

Back to top