क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत गर्न सिङ्गापुर अदालतको आदेश

सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ ।

थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्थ बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यहरू घट्दै जाँदा यसको सम्पत्तिमा ठूलो कारोबार रोकिएपछि संस्था आर्थिकरूपमा धराशायी बनेको थियो । 

बेलायती भर्जिन आइल्यान्डको एक अदालतले सहसंस्थापक सु झू र काइल डेभिस तथा डेभिसकी पत्नी केली चेनविरुद्ध सोमबार उक्त आदेश जारी गरेको कारोबार रकम व्यवस्थापनका लागि जिम्मेवारी तोकिएको टेनेओ नामक संस्थाले जनाएको छ ।

आदेशमा भनिएको छ, “उनीहरूले आफ्नो सम्पत्ति (स्थानान्तरण वा बिक्री सहित) १.१४४ अर्ब अमेरिकी डलरबराबरको कारोबार गर्न रोक लगाएका छन् ।”

“यसले थ्री एरोका संस्थापकका विपषी र सहयोगीहरूलाई उनीहरूको कानुनी दायित्व र जोखिमको बारेमा स्पष्ट सङ्केत पनि दिएको छ,” विज्ञप्तिमा भनिएको छ ।

आदेशमा डेभिसकी श्रीमतीलाई समावेश गर्नुले ‘लिक्विडेटर’हरूले सम्पत्ति पुनः प्राप्त गर्ने प्रयासको थप विस्तारलाई सङ्केत गर्दछ ।

गत सेप्टेम्बरको अन्त्यतिर सिङ्गापुरबाट उडान भर्ने क्रममा झुलाई पक्राउ गरिएको थियो र उनी चार महिनादेखि जेल जीवन बिताइरहेका छन् । 

डेभिस र उनकी पत्नीको ठेगाना अहिले थाहा छैन । तीनै जना सिङ्गापुरका नागरिक हुन् । सिङ्गापुरको मौद्रिक प्राधिकरणले झू र डेभिसलाई नौ–नौ वर्षका लागि देशमा नियमित लगानी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो ।

लिक्विडेटर, ब्रिटिश भर्जिन आइल्याण्ड्सको एक अदालतले दिवालियापनको अध्यक्षता गर्न आदेश दिएको छ, थ्री एरोको सम्पत्ति पुनर्प्राप्त गर्न र कम्पनी असफल भएपछि यसको कारोबारलाई फिर्ता ल्याउने प्रयास गरिरहेको छ ।

यद्यपि, उसले झु र डेभिसलाई रकम फिर्ता गर्ने प्रयासमा सहयोग नगरेको र स्वेच्छाले जानकारी प्रदान गर्न असफल भएको आरोप लगाएको छ । एजेन्सी

Comments

Back to top