सोनापुर मिनरल्स् एण्ड आयलको आईपीओ बाँडफाँट
वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि सोनापुर सोनापुर मिनरल्स् एण्ड आयलको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि कम्पनीले साउन २९ देखि भदौ ११ गतेसम्म बिक्री खुलाइएको थियो ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले सेयर बाँडफाँट गरेको हो । आईपीओमा ३० हजार ३४८ जना आवेदकबाट १६लाख ९२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपीओमा १० देखि ४० कित्ता माग गर्ने १० हजार ५९१ जनालाई माग बमोजिम पाएका छन् ।
यस्तै, ५० देखि ३ हजार कित्ता सेयर माग गर्नेलाई ४० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ । यसअनुसार १० लाख ३६ हजार ३४० कित्ता बाँडफाँट गरेर बाँकी रहेको सेयर ५० कित्ताभन्दा बढी आवेदन गर्नेलाई १० कित्ताका दरले थप सेयर वितरण गरेको जनाइएको छ ।
Comments