हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड सम्पन्न, १ लाख २१ हजारले पाए शेयर

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ९ बजे शेयर बाँडफाँड सम्पन्न गरेको हो।

क्यापिटलका आनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् । आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ।

Comments

Back to top