सानिमा क्यापिटलको आठौँ वार्षिक साधारणसभा आह्वान

सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । जसअनुसार कम्पनीले सेयरधनीहरुलाई ३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सभाले सञ्चालकको नियुक्ति र बैठक भत्तासम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।

Comments

Back to top