हकप्रद सेयर पारित गर्न नेको इन्स्योरेन्सले बोलायो विशेष साधरण सभा

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति दिएसँगै इन्स्योरेन्सले चुक्ता पुँजीको २५ प्रतिशतसम्म हकप्रद जारी गर्ने भएको हो ।

प्राधिकरणले इन्स्योरेन्सलाई न्यूनतम चुक्ता पुँजी कायम गर्न चुक्ता पुँजीको सो मात्राको हकप्रद सेयर जारी गर्न भदौ २९ गते स्वीकृति दिएको हो । उक्त स्वीकृति अनुसार भदौ ३१ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर पारित गर्न आगामी असोज १९ गते विशेष साधारण सभा बोलाएको छ ।

उक्त सभामा जाने प्रयोजनको लागि इन्स्योरेन्सले आगामी असोज १० गते एक दिन बुक क्लोज गर्ने समेत जानकारी गराएको छ । कम्पनीको हालको जारी तथा चुक्ता पूँजी २ अर्ब १  करोड रहेको छ हकप्रद शेयर जारी पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१  करोड रुपैयाँ पुग्ने छ ।

Comments

Back to top