सेयर बजार पुनः दबाबमा, नेप्से सूचक ४२ अंकले घट्यो!

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ४२.१४ अंकले घटेर १९६४.९१ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २७८ कम्पनीको कुल ५६ लाख ५९ हजार ४५८ कित्ता सेयर २ अर्ब २ करोड ८४ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन ट्रेडिङ उपसमूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशत घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा शुभम पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले वृद्धि भएको छ। सबैभन्दा धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर रहेको छ जसको ९.२१% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यस दिन एनआइसी एसिया बैँक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोडको ५४ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा रिलाएबल नेपाल लाइफ इन्स्योरेन्सको धेरै कारोबार भएको छ।

Comments

Back to top