मिड सोलु हाइड्रोपावरको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा पहिलो दिनमा नै झन्डै साढे २ लाखको आवेदन परेको छ ।

सीडीएससीको शुक्रबार साँझ ५ बजेर ६ मिनेटसम्मको तथ्यांक अनुसार २ लाख ४८ हजार ९ सय ५५ जना आवेदकले २८ लाख ५६ हजार ७ सय ६० कित्ता शेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बरारको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र सर्वसाधारणका लागि निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ७४ लाख ८४ हजार रुपैयाँ बराबरको ७४ हजार ८४ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

अब दोस्रो चरणमा कम्पनीले १४ हजार ९६८ कित्ता शेयर कर्मचारीहरुका लागि ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख २१ हजार १७२ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो।

Comments

Back to top