सूर्य कुण्ड हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ ।

सो कार्यका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता गत बुधबार सम्पन्न भएको छ ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडका तर्फबाट प्रबन्ध संचालक सुकुन्त लाल हिराचन तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

Comments

Back to top