हाथवे इन्भेष्टमेन्टको आइपीओ अर्को साता बाँडफाँड हुँदै

सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा नै बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालको आईपओ अर्को साता बाँडफाँड हुने भएको छ ।

कम्पनीको आईपीओमा १२ लाख भन्दा बढीको हात खाली हुने भएको छ । कम्पनीको आईपीओमा ३ करोड १२ लाख ५६ हजार ९२० भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २१ हजार ३८७ जनाले २०।२० कित्ता दरले आइपीओ प्राप्त गर्नेछन् । सोहि मध्यका पाँच जनाले भने २१ कित्ता सेयर हात पार्नेछन् ।

Comments

Back to top