एनआईसी एशिया बैँकले गर्‍यो ३०.५२ प्रतिशत लाभांशको घोषणा

एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।बैंकले शेयरधनीलाई २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले घोषणा गरेको लाभांश आउदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ मा लाभांश बाँड्न पाएको थिएन । दुई आर्थिक वर्षमा बैंकले प्राथमिक पुँजीकोष अनुपात कायम गर्न नसकेपछि राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको थियो ।

Comments

Back to top