सिटिजन्स क्यापिटलले डाक्यो वार्षिक साधारणसभा

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा असोज १९ गते द लअन, झम्सिखेल, ललितपुरमा आह्वान गरेको हो । सभा विहान ११ बजेदेखि सुरु हुने क्यापिटलले जनाएको छ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने दुई करोड चालिस लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९।८० को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको कम्पनीको वासलात २०८०।०३।३१ सम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८०।८१ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।

क्यापिटलले वार्षिक साधारण सभा प्रयोजनको लागि असोज ८ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

Comments

Back to top