एभरेष्ट बैंकले गर्‍यो २०.५३% लाभांश घोषणा

एभरेष्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको भदौ २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जसअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १० दशमलव ५३ प्रतिशत नगद गरि कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

Comments

Back to top