बुधबार नेप्सेमा ३९ अंकको वृद्धि , नेप्से सूचक २००० विन्दुमाथि!

बुधबार सेयर बजार उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २७५ कम्पनीको कुल ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भयो।

आज कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ।  यस दिन हाइड्रो पावर उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ।

प्रमुख कारोबार

यस दिन बरुण हाइड्रो पावर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सबैभन्दा धेरै गुमाउनेमा थ्रीस्टार हाइड्रोपावर रहेको छ जसको ८% ले सेयर मूल्य घटेको छ।  कारोबार रकमका आधारमा यस दिन एनआइसी एसिया बैँक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ९३ लाख बरबारको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सानिमा इक्विटी फण्डको धेरै कारोबार भएको छ।

Comments

Back to top