रिलायबल नेपाल लाइफको आईपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले चार करोड कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १६२ दशमलव २९ देखि ४८६ दशमलव ८७ रुपैयाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।

कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ । भोलि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको कारणले आईतबारदेखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।

Comments

Back to top