माछापुच्छ्रे बैंक बन्यो वार्षिक साधारण सभा घोषणा गर्ने पहिलो बैंक

माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । असोज १८ गते बिहीबार वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग) गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात भदौ २६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले असोज १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

Comments

Back to top