दुई दिनको वृद्धि पश्चात मंगलबार नेप्सेमा पुनः गिरावट!

दुई दिनको वृद्धिलाई ताेड्दै मंगलबार सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा झरेको छ।

यस दिन कारोबार भएका २७६ कम्पनीको कुल ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख रुपैयाँमा खरिदबिक्री भयो।

आज कारोबार भएका १२ वटा उपसमूहको परिसूचक घटेको छ।  यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ।

 

प्रमुख कारोबार

 

यस दिन शुभम पावर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकम र भोल्यूमका आधारमा यस दिन नेपाल एसबिआइ बैँक शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडको ५६ लाख बरबारको सेयर खरिदबिक्री भएको छ। सबैभन्दा धेरै गुमाउनेमा थ्रीस्टार हाइड्रोपावर रहेको छ जसको १०% सेयर मूल्य घटेको छ। 

Comments

Back to top