अन्तिम दिनसम्म हाथवे इन्भेष्टमेन्टको आईपीओमा डेढ अर्ब बढी रुपैयाँको आवेदन

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने अन्तिम दिनमा डेढ अर्ब बढी रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार सोमबार साझ ५ः०७ मिनेटसम्म कुल १३ लाख २४ हजार ४११ जनाबाट तीन करोड १२ लाख ५६ हजार कित्ता शेयर बराबर एक अर्ब ५६ करोड २८ लाख ४६ हजार रुपैयाँको आवेदन परेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

Comments

Back to top