नेप्सेमा ४४ अंकको वृद्धि, बढ्यो कारोबार रकम पनि!

सोमबार पनि सेयर बजारले बढ्ने क्रमलाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ४४.३० अंकले बढेर १९८६.९९ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका २७८ कम्पनीको कुल ४७ लाख ४२ हजार कित्ता सेयर १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँमा खरिदबिक्री भयो।

 

आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.४५ प्रतिशत बढेको छ।

प्रमुख कारोबार

यस दिन थ्रीस्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबार रकमका आधारमा यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको करिब ६ करोडको सेयर खरिदबिक्री भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ रहेको छ। भोल्यूमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रो पावरको कारोबार भएको छ।

 

Comments

Back to top