बलेफी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको निर्णयले साधारण सभा असोज १८ गते, आम्रपालि ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा आह्वान गरेको हो । कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।

सभामा यस कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । सोही पुँजीको १००% राइट सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

Comments

Back to top