हाथवे इन्भेष्टमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा आवेदन दिने आज भदौ २५ गते सोमबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ २४ गते साँझ ५ बजेसम्ममा १० लाख १० हजार ३४ जना आवेदकले २ करोड ४१ लाख ९२ हजार ८४० कित्ताका लागि आवेदन परिसकेको छ । यो मागभन्दा ९.९६ गुणा बढी आवेदन हो ।

कम्पनीले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । 

जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

Comments

Back to top