ब्रोकर कमिशन घटाउने तयारीमा धितोपत्र बोर्ड,कति निधारण हुँदैछ ?

नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम निर्णयमा पुगेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिईसकेका छन् ।

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी रहेको सोतले जनाएको छ ।

 

Comments

Back to top