निरन्तर घटेको सेयर बजारमा आइतबार सामान्य सुधार, १०.२३ अंकले बढ्यो नेप्से!

आइतबार सेयर बजारमा केही अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा पुगेको छ।

यस दिन कुल ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख रुपैयाँमा खरिदबिक्री भयो।

कारोबार भएका २७६ कम्पनीमध्ये १५२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, ६६ कम्पनी मूल्यमा गिरावट आएको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेकाे छ।

यस दिन एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ।जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।

प्रमुख कारोबार

आज नेप्से बजारको टप सूर्योदय वमी लघुवित्त वित्तिय संस्था लिमिटेड रहेकाे छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा हिमाल दाेलखा हाइड्रो पावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.८१% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा यसदिन हिमाल दाेलखा हाइड्रो पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ८ करोड ५६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। 

Comments

Back to top