माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित असोज ९ गतेका लागि बोलाइएको माईखोला हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि उक्त साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

यस अघि सार्वजनिक सूचनामा कम्पनीले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा विहान ९ बजे सभा गर्ने जानकारी दिएको थियो । प्राविधिक कारणले उक्त दिन सभा गर्न नसक्ने भएको जानकारी कम्पनीले पुनः सूचना जारी गर्दै गराएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आब्हान गरेको थियो ।

Comments

Back to top