प्रिओपन सेसनमा नेप्सेमा सामान्य अंकको वृद्धि!
आइतबारको प्रिओपनमा नेप्से ०.८० अंकले बढेको छl
बिहिबार २८.९२ अंकले घटेर १९३२.४५ मा बन्द भएको नेप्से प्रिओपनपछि १९३३.२५ मा खुलेको हो। कुल २,२२६ कित्ता सेयरको खरिदबिक्री करिब ३ लाख ९३ हजारमा कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका १३ कम्पनीमध्ये ४ को मूल्य बढ्यो भने ६ को मूल्य घट्यो। बाँकी कम्पनीको मूल्यमा परिवतर्न छैन।
यस अवधीमा कुल २७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments