माण्डु हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुँदै

माण्डु हाइड्रोपावरको आइपीओ आज आइतबार (भदौ २४ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपीओ बाँडफाँट गर्ने तालिका निर्धारण गरिएको छ । 

यसमा मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३० कित्ताका लागि आवेदन दिएका छन् । 

जसमा १ लाख २० हजार ५३२ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ५९ हजार ५२३ जनाको भने हात खाली हुनेछ ।यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो ।

Comments

Back to top